‍चोलेन्द्रले कसरी तिर्छन् ऋण ? आम्दानी १ लाख, ब्याज महिनाकै ८ लाख

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले साढे ९ करोड रुपैयाँ ऋण लिएको स्वीकारेका छन् । उनको मासिक आम्दानी करिव एक लाख रुपैयाँमात्रै हो, त्यो पनि खर्च नगरी बचत गरेका छन् । उनले ऋण र त्यसको व्याज कसरी तिर्छन् ? कतैबाट खुल्दैन ।

सम्बन्धित सामग्री

सांसद थापाले एक वर्षमा सामाजिक काममा लगाए ११ लाख

२७ माघ, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् । शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् । सांसद थापाले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न […]

सुन्तला खेतीबाट लाखौं आम्दानी

सल्यानमा पछिल्लो समय सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवाको व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गएको छ । जिल्लामा सुन्तला उत्पादन राम्रो हुने, थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले यहाँका युवाहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको बागचौर नगरपालिका–९ कोटमौला धामीढुङ्गाका वर्ष ३० का टम्फाराज डाँगीले गत वर्ष ८ लाख र […]

म्याग्दीका किसानकाे तरकारी खेतीबाट वार्षिक ८ लाख आम्दानी

म्याग्दी । विदेशमा पसिना बगाएर पनि राम्रो कमाइ गर्न नसकेर स्वदेशमा फर्किएर तरकारी खेती गर्न लागेका हरिलाल घिमिरेकाे जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ म्याग्दीको बेनी नगरपालिका–२ बन्चरे ढुङ्गाका ५१ वर्षीय घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बितेकाे थियाे । ३ दशकअघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो […]

टाइगर कप भलिबलबाट झन्डै ८ लाख बचत

पोखरा (हाम्रो खेलकुद) – दोस्रो टाइगर कप आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट करिब ८ लाख रुपैयाँ बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको च्याम्पियनसिपको आयव्यव सार्वजनिक गरेको हो ।जसअनुसार ७९ लाख ४६ हजार आम्दानी भएकोमा खर्च कटाई ७ लाख ९५ हजार बचत भएको जानकारी गराएको […]

विदेशबाट फर्केर कृषिमा रमाए, वर्षमै ८ लाख कमाए

सल्यान: विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्‍न थालेका छन्। तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेका सल्यानका युवा उदाहरणीय बनेका छन्।५ वर्ष मलेशियामा बिताएका शारदा नगरपालिका-१४ स्याल पानीका प्रेमबहादुर खड्का १२ रोपनी जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्। विदेशको दुःख सहेर फर्केपछि उनलाई गाउँमै मिहिनेत खर्चिने चाहना पलाएको उनी सुनाउँछन्।‘५ वर्षको विदेश बसाइपछि मलाई लाग्यो यो दुःख चाहिँ म नेपालमै गएर गरेँ भने पनि महिनाको ३०-४० हजार कमाउन सक्छु भन्ने सो

भैँसीपालनबाट मासिक एक लाख आम्दानी

सल्यान : बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका प्रमेश केसीले भैँसीपालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन्। उनले फर्म नै दर्ता गरेर भैँसी पालेका छन्। उनको फर्ममा रहेका आठ वटा दुहुना भैँसीले दैनिक ७० लिटर दुध दिने गरेको छ। दुध प्रतिलिटर ६० रुपैयाँमा बिक्री भइरहेको प्रमेशले बताए। उनको फर्ममा दुईजनाले रोजगारी पाएका छन्। प्रमेशले भैँसीसँगै कुखुरापालन पनि गर्दै आइरहेका छन्। ब्रोइलर जातका कुखुरापालनबाट उनले वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

प्रभु सेलेक्ट फण्डको पहिलो महीनाको आम्दानी करीब ९ लाख

साउन १०, काठमाडौं । प्रभु सेलेक्ट फण्डले पहिलो महीनाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  यस योजना असार महीनादेखि सञ्चालनमा आएको हो । प्रभु क्यापिटल लिमिटेडको सामुहिक लगानीकोष योजना अन्तर्गतको यस योजनाले जेठ ५ गतेदेखि ९ गतेसम्म इकाई विक्री गरी असार ७ गते धितोपत्र दोस्रो बजारमा उक्त इकाई सूचीकृत गरेको थियो । यस योजनाले १२ करोड ५० लाख इकाई सूचीकृत गराएको हो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ ।  सञ्चालनको पहिलो महीना रू. ७६ लाख ४४ हजार नोक्सानीमा रहेको यस योजनाको प्राप्त भइसकेको आम्दानी रू. ९६ लाख ६० हजार र प्राप्त भइनसकेको आम्दानी रू. ८७ लाख ६३ हजार रहेको छ । असार महीनामा योजनाको कुल आम्दानी रू. ८ लाख ९६ हजार रहेको छ । यो महीना योजनाले रू. ८५ लाख ४१ हजार खर्च गरेको छ ।  योजनाको इकाई प्रकाशन, सूचीकरण तथा अन्य खर्च, योजना व्यवस्थापक तथा डिपोजिटरी शुल्क, कोष सुपरिवेक्षक शुल्क र योजना अडिट शुल्कका लागि योजनाले उक्त रकम खर्च गरेको हो । यस अवधिसम्म योजनाको प्रति इकाई खुद मूल्य रू. ९ दशमलव ९४ रहेको छ । योजनाले धितोपत्रमा रू. ४५ करोड ६९ लाख १३ हजार बराबरको लगानी गरेको छ । उक्त लगानीको बजारमूल्य भने रू. ५४ करोड ८१ लाख ५० हजार रहेको छ ।  पहिलो महीना व्यवस्थापकिय खर्च बढी भएकाले नोक्सानी व्यहोरे पनि आगामी महीना नोक्सानी सुधार्दै लैजाने योजनाको उद्देश्य रहेको छ ।

बंगुरपालनबाट वार्षिक ८ लाख आम्दानी

सल्यान ६, असार । सल्यानको कपुरकोटका एक कृषकले बंगुरपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।  विगत ६ वर्षदेखी व्यवसायिक रुपमा बंगुरपालन गर्दै आएका कपुरकोट गाउँपालिका वडा नम्बर ३ का भक्तबहादुर घर्तीले बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले बगुंरपालनबाट नै वार्षिक ८ लाख रुपैयाँ आम्दानी भइरहेको जानकारी दिए । बंगुरको माग बढ्नुका साथै राम्रो मूल्य पाउन थालेपछि उनले २०७२ सालदेखि व्यवसायिक रुपमा बंगुरपालन व्यावसाय शुरु गरेका थिए । विगतमा जीविकोपार्जनमा धेरै कठिनाइ भएपनि हिजोआज बंगुरपालन व्यावसायमा लागेपछि सहज बनेको उनको भनाइ छ । उनका अनुसार शुरुवातमा २० हजार लगानी गरेर २ बंगुर पालिएको हो । उनले अहिले डिग्रो, धरानी, पोख्रेली तथा स्थानीय जातका ९० ओटा बंगुर पालेका छन् । तरकारी तथा फलफूल पसलबाट निस्केको सडेगलेको वस्तुलाई सदुपयोग गर्दै बंगुरलाई खुवाउने गरेको उनको भनाइ छ । ‘फोहर बढी गर्ने भएकाले पहिला बंगुरपालन गर्न कठिनाइ भएको थियो,’ उनले भने ‘अहिले बानी परेको छु । सरसफाइका लागि पञ्जा प्रयोग गर्दै आइरहेको छु ।’ बंगुरको पाठापाठी पाँच हजार सम्ममा विक्री हुने गरेका छन् । ‘अझै व्यावसायलाई विस्तार र व्यवस्थित गर्ने सोच बनाइरहेको छु,’ उनले भने ‘बंगुरको संख्या बढ्दै गएपछि होटलबाट निस्कने जुठो पिठोलाई पनि दानाको रूपमा प्रयोग गर्न थालेको छु ।’ उनले तरकारी तथा फलफूल पसलबाट भन्दा बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको जानकारी दिए ।  शुरुमा व्यक्तिगत लगानीबाट व्यवसाय शुरु गरेका उनले पछि व्यवसायलाई थप व्यवस्थित गर्न साना किसान कृषि सहकारी संस्थाबाट १२ लाख रुपैयाँ मासुजन्य कर्जा दिएका थिए । बंगुरपालनमा होमिएका उनले करीब ३२ लाख रुपैयाँ कुल पूँजी लगानी रहेको जानकारी दिए ।  सरकारीका सहायक प्रवन्धक जीत प्रसाद आचार्यले व्यवसायमा संलग्न भएर आत्मनिर्भर बन्नको लागि स्थानियलाई सहकारीले प्रोत्साहन गरिरहेको बताए । उनले मासुजन्य तथा दूधजन्य वस्तुहरु उत्पादन तथा बजारीकरणको लागि सहयोग गर्दै आएको बताए । सहरकारीले ९ प्रतिशत व्याजदरमा ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।

नेष्डो समृद्धि लघुवित्तले ८ लाख कित्ताभन्दा बढी आईपीओ निष्कासन गर्ने

जेठ ६, काठमाडौं ।  नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।   उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।  कम्पनीको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड र जारी पूँजी रू. २५ करोड ५० लाख रहेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि विक्री गर्न लागेको हो ।   हालसम्ममा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । निवेदन दिएर स्वीकृती दिएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हालसम्ममा कम्पनीले ५६ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १९ करोड ५० लाख नाफा कमाएको छ । गत अवाको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा १० प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १७ करोड ८६ लाख नाफा कमाएको थियो ।चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ४ दशमलव २१ प्रतिशत र सञ्चालन नाफा १० प्रतिशतले वृद्धि भएको हो ।  चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको कम्पनीले जगेडामा रू. ४६ करोड ६ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४० करोड ८४ लाख ३९ हजार सापटि लिएर,रू. २ अर्ब १९ करोड ६९ लाख निक्षेप संकलन गरेर रू.३ अर्ब ८९ करोड ५१ लाख कर्जा लगानी गरेको हो ।

शाैचालयबाट साढे आठ लाख आम्दानी

ललितपुर । ललितपुर महानगरपालिकाले सार्वजनिक शौचालयबाट यस आर्थिक वर्षमा करिब साढे ८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष शौचालयबाट महानगरपालिकाले ७ लाख रुपैयाँ आम्दानी गरेको थियो।   महानगरपालिकाको राजस्व महाशाखाका अनुसार आव २०७३-७४ मा ...