काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। कोभिडविरुद्धको खोप लगाएपछि उनमा उच्च ज्वरो आएकाले शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको हो। उनलाई अस्पतालको ६ सय १ नम्बर कोठामा राखिएको छ। उनलाई हिजै (बुधबार) राति साढे ११ बजे अस्पताल भर्ना गरिएको छ। पोस्ट कोभिड भ्याक्सिन सिन्ड्रोमको असर देखिएको अस्पतालमा प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए। उनमा हाइपो थाइराडिज्मको समस्या पनि देखिएको र अहिले १ सय १ डिग्री ज्वरो आएको उन