सीके राउत नेतृत्वको जनमत पार्टी आसन्न स्थानीय तहको चुनावमा तामझामका साथ भाग लिने भएको छ । सोही अनुरुप जनमत पार्टीले चुनाव प्रचार प्रसारमा पनि अन्य दललाई पछि पारेको छ । अन्य दलले चुनावको तयारी नगर्दै जनमत पार्टीका कार्यकर्ताहरु चुनावी अभियान अन्तर्गत गाउँमा सक्रिय भइसकेका थिए ।स्थानीय तह कब्जा गर्ने रणनीतिसहित चुनावी अभियानमा सक्रियतापूर्वक लागेका सीके राउतलाई आफ्नो गाउँपालिका महादेवामै कठिनाइ हुने देखिन्छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको घर सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर २ मा छ । तर