केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारमा उपप्रधानमन्त्री बनेर १८ दिनमै सर्वोच्च अदालतको फैसलाबाट पदच्युत भएका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले अन्ततः केपी ओलीलाई प्रतिगमनकारी करार गरेका छन् ।सोमबार निर्वाचन आयोगको प्राङ्गणमा उभिएर नेता महतोले भने, ‘केपी ओलीले प्रतिगमन गरेकै थियो । केपी ओली वा देउवा हाम्रा लागि सब बराबर हो ।’जसपा नेता महतोले अगाडि भने, ‘हामीले पहिलेदेखि भन्दै आएको, हाम्रा लागि त सबै प्रतिगमनकारी नै हो नि त । काँग्रेस, एमाले माओवादी सब मिले