अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

एजेन्सी । अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो । अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भू–भागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो ।

सम्बन्धित सामग्री

अफगानिस्तान स्वतन्त्र भएको तालिबानको भनाइ

यसैबीच अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै स्वतन्त्रताका लागि बधाई दिएका छन् ।

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

१५ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको […]

अमेरिकी सेना फर्किएपछि अफगानिस्तान पुगे अलकायदा प्रमुख

काठमाडौं : अलकायदा प्रमुख अमीन उल हक २० वर्षपछि अफगानिस्तान फर्केका छन्। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख  अफगानिस्तान फर्केका हुन्।अमेरिकी सेनाको तैनाथी पछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका बिश्वास पात्र एवम् सहयोगी मानिएका थिए। ओसामा बिन लादेनको मृत्यु पछि अलकायदाको कमाण्ड सम्हालेका उनलाई अफगानिस्तानको आफ्नो गृह जिल्ला नांगहार फर्कदा उनका सयौं समर्थकरुले फुलमाला सहित स्वागत गरेका छन्।अमेरिकाले सन् २००१ मा जारी गरेको आतंकवादीको सूचीमा अमीनको न

तालिबानसँगको वार्ता असफल भएमा भारतको सैन्य सहयोग चाहिन्छ : अफगानिस्तान

काठमाडौँ– अफगानिस्तानको सरकारले तालिबान समूहसँगको शान्ति वार्ता असफल भएको अवस्थामा भारतको सहयोग आवश्यक पर्ने जनाएको छ । अफगानस्तिानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएसँगै अफगानिस्तानमा आक्रमणका घटनाहरुमा वृद्धि भइरहेको छ । भविष्यमा अमेरिकी सेना फिर्ता भइसकेपछि तालिबानी समूहले सरकारसँग वार्ता गर्ने र अफगानिस्तानमा शान्ति स्थापना गर्ने अपेक्षा गरिएको छ । अफगानिस्तान सरकारले तालिबानसँगको उक्त […]

सोभियत फौजले अफगानिस्तान छाड्दा पनि तालिवान अमेरिकाले छाड्दा पनि तालिवान

काठमाडौं, १७ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू–भागमा तालिवानको नियन्त्रण कायम भइसकेको छ । मुख्य शहरहरुमा नियन्त्रणका लागि बढिरहेका तालिवानले अफगानिस्तानको शासनसत्ता कब्जा गर्ने सम्भावना बढ्दै गएको छ । यो घटना अमेरिकी सेना अफगानिस्तान छाडेर गएलगत्तै विकास भएको हो । अफगानिस्तानमा अमेरिकी सेना नजिक भएर काम गरेकाहरु असुरक्षित भएका छन् । उनीहरु धमाधम अमेरिका पुग्न […]

‘अफगानिस्तान अस्थिरताको बाछिटा नेपालसम्म आइपुग्छ’

२६ असार, काठमाडौं । अमेरिकी सेना फिर्तासँगै तालिवान र उप्रति नरम नीति लिने कट्टरपन्थी समूहहरुले अफगानिस्तानमा आफ्ना गतिविधि बढाएका छन् । यससँगै त्यहाँ राजनीतिक अस्थिरता बढ्ने र सुरक्षा अवस्था थप बिग्रिने चिन्ता बढेको छ । अफगानिस्तान अशान्त हुँदा यसले पार्न सक्ने क्षेत्रीय प्रभावबारे बहस शुरु भएको छ । दुई छिमेकी मुलुक भारत र चीनले अमेरिकी […]

सबै अमेरिकी सेनाले ३१ अगस्टसम्ममा अफगानिस्तान छाड्ने

एजेन्सी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने नीतिको बचाउ गरेका छन्।उनले ३१ अगस्टसम्ममा अफगानिस्तानमा अमेरिकाको सैन्य अभियान समाप्त हुने जानकारी दिएका छन्।उनले अमेरिकी सेना फिर्ता गर्ने नीतिले धेरै अफगानीको ज्यान जोगिने समेत बताएका छन्।११ सेप्टेम्बर, २००१ मा अलकायदाले अमेरिकामा हमला गरेपछि अमेरिकी सेनाले २० वर्षअघि अफगानिस्तानमा हमला गरेको थियो। अमेरिकी सेना फिर्तासँगै तालिबानको प्रभाव बढेको छ।