अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्त ३१ पछि पनि अफगानिस्तानमा अमेरिकी सेना राख्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगीहरुबाट गरिएको आग्रह अस्वीकार गरेका छन् । अमेरिकी सेनाले अफगानिस्तान छाड्ने डेडलाइन अगस्त ३१ नै कायम रहेको बाइडेनले स्पष्ट पारेका छन् । अगस्त ३१ सम्म सबैलाई विमानबाट अमेरिका फर्काउने काम पूरा हुने कुरा तालिवानको समन्वयमा भरपर्ने बाइडेनले स्वीकार गरेका छन् […]