काठमाडौं, ६ असार । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले सरकारले नसके मेलम्ची बाढीपहिरो पीडितलाई सम्पूर्ण सहयोग गर्ने बताए । मेलम्ची बाढी पीडितलाई आस्थायी रुपमा नाना, छाना (त्रिपाल) र खानाको व्यवस्था गर्ने बानियाँको घोषणा छ । उनले सरकारले बाढी पीडितलाई प्रयाप्त मात्रामा राहत उपलब्ध गराउन नसकेकाले आफूहरु सक्रिय रुपमा अघि बढ्ने उनको […]
तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रुइत फाउन्डेशनको सहयोगमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत सामग्री सहयोग गरेको छ ।
प्रतिष्ठानका प्रमुख वित्त अधिकृत रामचन्द्र अधिकारी नेतृत्वमा गएको टोलीले हेलम्बु गाउँपालिका २ का अध्यक्ष छिरिङ ग्याल्बु लामालाई राहत सामग्री र मेलम्चीका वडाध्यक्ष रुद्र दुलाललाई एन्टिजेन किट हस्तान्तरण गरेको हो ।
हेलम्बुमा सहयोग गरिएको राहत सामग्रीमा चामल, गेडागुडी, दाल, आँटा, नुन, चिनी, चिउरा, मसला तेललगायत रहेका छन् ।
...
काठमाडौं, ५ असार । नेपाल आयल निगमले मेलम्ची बाढीपहिरो पीडितलाई १५ लाख भन्दा बढीको राहत वितरण गरेको छ । निगमका तर्फबाट सञ्चालक समिति अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले मेलम्ची पुगेर राहत सामग्री वितरण गरेका हुन् । सञ्चालक समितिका अध्यक्ष भट्टराईका अनुसार निमगका तर्फबाट दुई सय ५० सिलिन्डर भरेको ग्यास, करिब ३५ थान […]
रश्मी थापा सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढी पहिरोका कारण घरबारविहीन भएर बिचल्लीमा परेका मेलम्ची बजारका स्थानीयबासीको सहयोगका लागि कलाकारहरु जुटेका छन्। फिल्म निर्माता तथा निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मा र उनका पति उदीप श्रेष्ठ बिहीबार ५० परिवारको लागि राहत लिएर मेलम्ची बजार पुगेका छन्। उनीहरुले मेलम्ची पुगेर बाढीपहिरो पीडितलाई सहयोग उपलब्ध गराएका […]
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यमन्त्री शेरबहादुर तामाङको पहलमा आज बाढीपहिरो पीडित हेलम्बुमा राहत सामग्री लिएर सेनाको हेलिकप्टर पठाउने तयारी रहेको छ। सडक भत्किएकाले हेलिकप्टरबाट राहत सामग्री लैजान लागेको बताइएको छ। पीडितलाई अत्यावश्यक त्रिपाल, खाद्यान्न र स्वास्थ्य सामग्री पुर्याउन लागेको मन्त्री तामाङको सचिवालयले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रभावित मेलम्ची क्षेत्रमा राहत सामग्री वितरण र उद्दार कार्य जारी रहेको छ।
काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।
काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।