देवघाटमा स्नान गर्न गएका दुईजना बेपत्ता

चितवन । आज बिहान देवघाटमा स्नान गर्न पुगेका दुई युवक नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ७ बजे भरतपुर महानगरपालिका १ देवघाट स्थित नारायणी नदीमा स्नान गर्न पुगेका भरतको आसाम घर भई धनगढी ३ मिलनचोक बस्ने १९ वर्षका भोजराज अधिकारी र १७ वर्षका पंकन दाहाल बेपत्ता भएका हुन् […]

सम्बन्धित सामग्री

कालीगण्डकीले बगाउँदा आमाको मृत्यु, बालक गम्भीर

पर्वत – पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् । पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार […]

पचास प्रतिशत यात्रु गन्तव्यतर्फ प्रस्थान

रसुवा, १५ भदौ । जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका […]

गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी

रसुवा– जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ । गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये पचास प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।  डाँडापाखामा […]

छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु

भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ […]

विहारमा छठ पूजाका क्रममा ५३ जनाको डुबेर मृत्यु

भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको  मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको  डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्  । राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए ।  विहारका मुख्यमन्त्री नीतिशकुमारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परि

नारायणीमा नुहाउन गएका जेष्ठ नागरिकको डुबेर निधन

पूर्वी नवलपरासीमा नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर एकजना जेष्ठ नागरिकको निधन भएको छ।  नवलपुरको गैडाकोट नगरपालिका १ आदर्शटोल स्थित नारायणी नदीको किनारमा नुहाउने क्रममा गैडाकोट १ गंगानगर टोल बस्ने ९३...

महेश बस्नेतको गङ्गा स्नान

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले गङ्गा स्नानको तस्बिर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा तस्बिर राखेका हुन् । भारत भ्रमणमा गएका बस्नेतले राजनीतिक भेटघाट पनि गरेका छन् । उनले भाजपाका नेताहरुलाई भेटेका हुन् । एमालेभित्र हिन्दूराष्ट्रबारे बहस प्रवेश गराएका बस्नेतको भारत भ्रमण र गङ्गा स्नानको तस्बिर सार्वजनिक गर्नुलाई अर्थपूर्ण […]

मकर स्नान गर्ने क्रममा खोलाले बगाएर युवकको मृत्यु

पाँचथर– पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ। मकर नुहाउने क्रममा आज दिउँसो १२ः४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो। बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी […]

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत

काठमाडौं। दिल्लीबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। विमानस्थल वरपर पूर्वराजा शाहको स्वागतका लागि राजावादीहरू लामबद्ध थिए। उनी हरिद्वारस्थित कुम्भमेलामा सहभागी हुन चैत २६ गते पत्नी कोमल शाहसँगै भारत गएका थिए। उनले त्यहाँ ‘शाही स्नान’ पनि गरेका थिए। स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणमा उनी कुम्भमेलामा सहभागी हुन भारत गएका थिए।

तीन लाख तीर्थालुले देवघाटमा गरे पवित्र स्नान

माघे संक्रान्तिको अवसरमा तीन लाख भन्दा बढि भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशुली र कालीगण्डकीको संगम बेणीमा स्नान गरेका छन् । विहान ३ बजेदेखि भक्तजनहरु बेणीमा स्नान गर्न गएका थिए । टाढाबाट आएका केही भक्तजनहरु राती नै देवघाटमा बास बसी विहानै नदीमा स्नान गर्न गएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी दिर्नेशक धिरणवावु घिमिरेले यस वर्ष तीन लाख भन्दा बढि भक्तजनले बेणी संगममा स्नान गरेका बताउनुभयो । कोरोना भाईरस (कोभिड–१९) को जोखिमको कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । तर पनि स्वतःस्फुतरुपमा भक्तजनहरु देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । देवघाट क्षेत्र विकास समितिले औपचारिक रुपमा मेलाको आयोजना नगरेपनि व्यवस्थित रुपमा स्नान गर्ने व्यवस्था भने मिलाईएको समितिका कार्यकारी निर्देशक घिमिरे बताउनु भयो । घिमिरेका अनुसार विभिन्न उपसमितिहरु गठन गरि मेलालाई व्यवस्थित भने बनाईएको थियो । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित त्रिशुली नदी र कालीगन्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघेसंक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशुली नदीमा २५ वटा ठुला डुङ्गाको व्यवस्था मिलाईएको थियो । नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । शसस्त्र प्रहरी र बोटेहरुले डुङ्गा मार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनहरुको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालिन उद्धारको तयारी गरेका थिए । हजारौं सवारी साधनको ओहोर दोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुङ्गाबाट जाने व्यवस्था मिलाइएको छ थियो भने र्फकदा आँपटारी हुँदै आउने व्यवस्था मिलाईएको कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । मुग्लिङ–नारयणगढ सडक खण्डको दासढुङ्गामा पक्की पुल निर्माण भईसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुङ्गा हुँदै देवघाट गएका थिए ।