नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको अवस्थाले निराश नहुन आग्रह गरेका छन् ।
काठमाडौंमा जारी आफूपक्षीय केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता नेपालले हिम्मतका साथ अगाडि बढ्नुपर्ने बताए ।
‘अहिले अवस्था देखेर साथीहरूमा निराशा होला, केही होला केही नमान्नु, हिम्मतका साथबाट अगाडि बढ्नुपर्छ,’ बैठकमा उनले भने, ‘जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ ।’
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारीलाई पदमुक्त गरेपछि आ...