काठमाण्डाै – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिनुभएको छ ।
नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेपछि गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिनुभएको हो । एमालेबाहेकका दलको समर्थनमा नेपाली कांग्रेसका नेपाली मुख्यमन्त्री बन्नुभएको हो ।