पित्तथैलीको शल्यक्रिया महाकाली अस्पतालमै

महाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सुरु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको बुधबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको हो । भीमदत्त नगरपालिका–३ की ५४ वर्षीया कौशिलादेवी कोलीको पित्तथैलीसंँगै एपेन्डिक्सको समेत शल्यक्रिया गरिएको डा. जनार्दन जोशीले बताए । एपेन्डिक्स, हर्निया, भेरिकोशिल लगायतका शल्यक्रियाहरू यस अघिदेखि नै सुरु भएको थियो भने पित्त थौलीको शल्यक्रिया पहिलो पटक गरिएको हो ।

सम्बन्धित सामग्री

महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया

दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना

ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।  बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरुले ७५७ जना महिलाहरुलाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका÷नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरु आयोजना गरेको होे । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन्, जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । यसअघि बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको र देशका ग्रामीण तथा अर्धशहरी क्षेत्रका १ हजार ६६० महिलाहरु लाभान्वित भएको बैंकले जनाएको छ । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।बैंकले २८८ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

तीन वर्षदेखि कानको तल र्‍यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शनिबार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो।

महाकाली अस्पतालमा र्यालग्रन्थीको टयुमरको सफल शल्यक्रिया

कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक र्‍यालग्रन्थीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।र्‍यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका-१२ ऐरीकी ३५ वर्षिया लीला पन्तको शल्यक्रिया गरी ट्युमर निकालिएको हो।३ वर्षदेखि कानमुनि र्‍यालग्रन्थी रहेको ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि पन्तलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरेर शनिबार उनको ट्युमर निकालिएको छ।अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले र्‍यालग्र

डाक्टरहरु तालिममा, जिल्ला अस्पतालमा आकस्मिक सेवा तीन सातादेखि ठप्प

महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो । सदरमुकाम खलङ्गामा बस्दै आएकी ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन् । महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर जिल्ला अस्पताल दार्चुलामा एक जना पनि चिकित्सक थिएनन् ।चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चिकित्सक नहुँदा व्यथा लागेका महिलालाई गोकुलेश्वर सिफारिस गरिएको हो । उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पु¥याइएको थियो । यो त एक प्रतिनिधि घटना मात्रै हो । उहाँजस्तै दर्जनौ

२४ घण्टे आकस्मिक सेवा तीन सातादेखि ठप्प

महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो । सदरमुकाम खलङ्गामा बस्दै आएकी ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन् । महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर जिल्ला अस्पताल दार्चुलामा एक जना पनि चिकित्सक थिएनन् । चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चिकित्सक नहुँदा व्यथा लागेका महिलालाई गोकुलेश्वर सिफारिस गरिएको हो । उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पु¥याइएको थियो । यो त एक प्रतिनिधि घटना मात्रै हो । उनीजस्तै दर्जनौँ गर्भवतीले अहिले जिल्ला अस्पताल पुगे...

पूर्वसांसद जोशीको हृदयाघातका कारण निधन

पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली काँग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो । “नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजिकै हृदयाघात भयो”, कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भन्नुभयो, “उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।”

पूर्वसांसद गंगादत्त जोशीको ह्रदयाघातबाट निधन

महेन्द्रनगर । पूर्वसांसद गंगादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो । ‘नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृदयाघात भयो’, कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भन्नुभयो, ‘उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।’ उहाँको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताउनुभयो । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहनुभएको बुझिएको छ ।