महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया
दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।
पश्चिमका तीन प्रदेशका बिरामीले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो । अस्पतालमा न्युरो सर्जन डा. सुबोध गौतम आएपछि अहिले न्युरोसम्बन्धी जटिल रोगको उपचारसमेत हुन थालेको अस्पतालले जनाएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दूरबिन विधिबाट शल्यक्रिया गरिएको छ । भेरी अस्पतालमा पहिलो पटक दूरबिन विधिबाट आन्द्रामा प्वाल परेको रोगका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यसै गरी जन्मजात पित्तको नली सुन्निएका बिरामीको पनि पहिलो पटक शरीर चिरेर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा. कृष्णमोहन अधिकारीले आन्द्रामा प्वाल परेका बाँकेका ४० वर्षीय शान्तराम केवटको पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालमा आन्द्रामा प्वाल परेका बिरामीको शरीर चिरेर शल्यक्रिया गरिँदै आएकामा केवटको भने पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरी उपचार गरिएको उहाँको भनाइ छ ।
कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबिन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका-७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पताल सिरहामा पहिलोपटक दूरविन प्रविधि (ल्याप्रोस्कोपिक)बाट पित्त थैलीको शल्यक्रिया गरेको छ।
विगत ३ बर्षदेखी सिरहा नगरपालिका–१३ मल्हनियाकी ३४ वर्षीया हेमादेवी शर्माको पित्त थैलीमा ढुंगा भएको पुष्टि भएको थियो। धेरै ठाउँमा...
काठमाडौं । नर्भिक अस्पतालमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक अस्पतालको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले […]
११ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी वयोधा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट छातीको सफल शल्यक्रिया गरिएको छ । भारतको आसाम निवासी ३० वर्षीय पप्पु बोहराको दूरबिन प्रविधिबाट छातीको शल्यक्रिया गरी फोक्सोमा फसेको फलामको टुक्रा निकालिएको …