गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री गोकर्ण राज विष्टले नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानका लागि १० लाख रुपैयाँ सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन ।आइतबार सामाजिक सञ्जालमार्फत विष्टले यस्तो प्रतिबद्धता जनाएका हुन् ।‘नेपाल पत्रकार महासंघको यो अभियानलाई सफल पार्न म १० लाख रुपैयाँ जुटाइदिने छु,’ रातोपाटीसँग उनले भने ।गृह जिल्ला गुल्मीमा अक्सिजन अभाव हुन नदिन केही दिन अघिमात्र उनले अक्सिजन सहितको ४५ थान सिलिन्डर पठाएका थिए ।नेपाल पत्रकार महासंघ