सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क
परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्नेगरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ। परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।
४ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि गरेको शुल्कवृद्धि स्थगित गरेको छ । परिषद्ले बिहिबार एक सूचना जारी गर्दै सरोकारवालाहरुसंगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यसअघिको निर्णय स्थगित गरेको बताएको […]
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीसँग अनुमति माग गरिएको हो ।