बुटवलको आम्दामा फार्मेसी, पीसीएल नर्सिङ र एचए कक्षा सञ्चालनको तयारी

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीसँग अनुमति माग गरिएको हो ।