१३ कात्तिक, काठमाडौं । छैटौं प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि २९० रनको लक्ष्य पछ्याएको बागमती २८ ओभरमा ९७ रन बनाउँदै अलआउट भयो । बलियो लक्ष्य पछ्याएको बागमती ब्याटर चल्न नसक्दा सस्तैमा आउट भयो […]