काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । स्वास्थ्य, शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको देशमा ती विषयलाई नै निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो ।
आज बुधवार काठमाण्डौमा आयोजित कृषि वैज्ञानिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर...