काठमाडौं। सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशूल्क हटाएपछि मूल्य घट्ने भएको छ। विद्युतको प्रयोग बढाउन र पेट्रोलको आयात घटाउन सरकारले यस्तो निर्णय गरेको हो। हाल सरकारले विद्युतीय सवारीमा ६० प्रतिशतसम्म अन्तःशूल्क लगाउँदै आएको छ। अन्तःशूल्क घटेसँगै अब विद्युतीय सवारीको मूल्य पनि ६० प्रतिशतसम्मै घट्ने भएको हो।