काठमाडौं : जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो। सोही अनुसार जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको जसपा स्रोतले जनाएको छ। सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार