काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो। विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको […]
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार आफ्नो पद छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालको माध्यमबाट प्रशिक्षक पद छाडेको घोषणा गरेका कुवेती अल्मुताइरीले राष्ट्रिय टिम सम्हालेको ५ सय २५ दिनपछि आफू अलग भएको बताएका छन् ।
आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज
काठमाडौं : सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कृत गरेको छ। सरकारले आज एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो। सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गरेका हुन्।यसअघि थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४-४ लाख दिने निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेत
विश्वकप छनोट चरणका बाँकी तीन खेल खेल्न नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ । इराकविरुद्ध बासरामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेपछि स्थलमार्ग भएर नेपाली टिम कुवेत पुगेको हो ।
काठमाडौं। फिफा विश्वकप छनोट प्रतियोगितामा दोस्रो चरणका बाँकी तीन खेलका लागि नेपाली राष्ट्रिय टिम आइतबार कुवेत पुगेको छ। इराकविरुद्ध बासरामा मैत्रीपूर्ण खेलपछि नेपाली टिम कुवेत पुगेको हो। नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो। स्थलमार्ग हुँदै कुवेत पुगेको नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ। कुवेतमा खेलाडी र पदाधिकारीको पीसीआर परीक्षण गरिएको छ।
काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज इराक पुगेको छ। टोलीमा२३ खेलाडी र अफिसियलसहित ३५ जना छन्। नेपालले जेठ१५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ। जहाँ नेपालले जेठ२० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ२८ गते अष्ट्रेलियासँग खेल्नेछ। अबदुल्लाह अल्मुताइरीको मुख्य प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो।
ईराकसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम मंगलबार राति ईराक गएको छ । २३ सदस्यीय खेलाडीसहित ३५ जनाको जम्बो टिम राति १० बजे कतार एयरवेज हुँदै ईराक गएको हो ।