एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   ...

सम्बन्धित सामग्री

प्रचण्डलाई सूर्य थापाको कटाक्ष– पुनरवलोकनको रोइलो सकिएको छ, अब सम्हालिनुस् !

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरवलोकनका लागि सर्वोच्चले अनुमति नदिएपछि थापाले प्रचण्डलाई सम्हालिन सुझाव दिएका छन् । 'लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ- सम्हालिनुहोस् र राजनीति गर्नुहोस्,' थापाले लेखेका छन् । उनले आफैंले भाँड्न चाहेको एकता कति प्यारो भएको भन्दै प्रश्न पनि गरेका छन् ।&...

एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको रिटमा […]

‘विघटन’अघि बस्यो नेकपाको अन्तिम बैठक, छुट्टिए प्रचण्ड-नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकतालाई मान्यता नदिएर तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपा (प्रचण्ड-नेपाल) समूहको स्थायी समिति बैठक सोमबार बसेको छ । आजको बैठक नेकपाको अन्तिम बैठक बनेको र अब सर्वोच्चको फैसला अनुसार पूर्व एमाले र माओवादी केन्द्र अलग अलग भएको तत्कालिन नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘तत्कालिन अवस्थामा एमाले र माओवादी केन्द्रबीच गरिएको एकता सही थियो । अब सर्वोच्चको निर्णयलाई कार्यान्वयन गर्दै एमाले र माओवादी केन्द्र अलग भएका छन् । आजको बैठक सायद नेकपाको रुपमा अन्तिम हो’ श्रेष्ठले भन्नुभयो । उहाँले पार्टी एकतालाई फेरि पनि कायम राख्न आ–आफ्नो ठाउँबाट पहल राख्ने समझदारी बनेको बताउनुभयो । बैठकमा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायत नेताहरु सहभागी थिए । बैठकपछि नेताहरु आ-आफ्नो पूर्वपार्टीमा फर्किएका छन् । यसैगरी, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले पार्टीको बारेमा गरेको निर्णयलाई सम्मान तथा कार्यान्वयन गर्ने बताउनुभयो । ‘सर्वोच्च अदालतले मुलुकको परिस्थितिलाई तीन वर्ष अगाडिको अवस्थामा धकेलिदिएको छ,’ खनालले भन्नुभयो, ‘हामी दुई वटा कम्युनिष्ट पार्टी एक भएर नेकपा बनेका थियौं अब सर्वोच्चको फैसलाले त्यसलाई विघटन गर्ने, अवरोध पार्ने गरेको छ। अब हामी फेरि एकपटक नेकपा एमाले र माओवादी केन्द्र भइयो।’

ओलीले एमाले बैठक बोलाउने, अब प्रचण्ड नेपाल पक्षले के गर्ला ?

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ। सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन एमालेलाई अघि बढाउने र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष फैसलाविरुद्ध पुनरवलोकन गर्ने तयारीमा लागेका छन्।   ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताइरहेका बेला आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनीनकट सांसदले तत्कालीन एमालेलाई नै अघि बढाउन सुझाव ...

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले सुनाएको फैसला दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आइतवार अदालतले ऋषि कट्टेल नेतृत्वको दललाई नेकपा नाम दिएर आधिकारिक रूपमा फैसला सुनाएको थियो । अदालतको फैसलासँगै सत्तारूढ नेकपाको नाम खारेज भएको थियो भने साविकको एमाले र माओवादी केन्द्र ब्युँतिनेसमेत फैसलामा उल्लेख गरिएको छ । हेर्नुहोस् आयोगको प्रेस विज्ञप्ति - प्रेस बिज्ञप्ती सम्मानीत सर्वोच्च अदालतको च.नं.२२७३ मिति २०७७।११।२३ को मुद्दा नं. ०७५-WO-०५१७ को आदेश/फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यू...

एमाले र माओवादी केन्द्र साबिककै दल रहने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र साबिककै दल रहने फैसला गरेको छ । एमाले र माओवादी एकता भएर बनेको

सर्वोच्चको फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र (पूर्णपाठसहित)

काठमाण्डाै – सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । सर्वोच्चले नेकपा ऋषि कट्टेलकै भएको फैसला गरेको र यसअघि (साविक) का नेकपा एमाले र माओवादी केन्द्र अरू व्यक्तिकै नाममा रहेको अ...

BREAKING : सर्वोच्चको फैसला– साविक एमाले र माओवादी केन्द्र ब्युँतियो !

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला आइतवार सुनाएको हो । साथै सर्वोच्चले एकीकरण अघिका साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा कायम रहने फैसला पनि सुनाएको छ । पुन: एकीकरण गर्ने हो भने निर्वाचन आयोगमा पुन: जानुपर्ने पनि फैसलामा उल्लेख छ ।​ हेर्नुहोस्, फैसलाको अंश : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ...