काठमाडौं। डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ, जसअन्तर्गत होटेल एन्ड होमको बेवसाइटमार्फत नेपालभित्रका विभिन्न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीले फ्ल्याटमा १० प्रतिशत छूट प्राप्त गर्ने बताइएको छ ।
दशैं, तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छूट कात्तिकको अन्त्यसम्म लागू हुने आइएमई पेले जानकारी दिएको छ । सम्झौतामा आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपाने र होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले हस्ताक्षर गरेका छन् ।