अहिले नेपाली जनता लोकतन्त्रभन्दा लुटतन्त्रको बढी अनुभूति गर्न बाध्य छन् र लोकतन्त्रको सुखानुभूतिभन्दा लुटतन्त्रको पीडानुभूतिले पिरोलिएका छन् । अखबारमा समाचार आयो, ‘नेपालमा भ्रष्टाचार झन् बढ्यो ।’ नेपालमा भ्रष्टाचार कहिलेचाहिँ घटेको थियो र ? सरकारी प्रतिवेदनमा घटे पनि भ्रष्टाचार त दिनप्रतिदिन बढिरहेकै छ । धनी–गरिब सबैले देशमा भ्रष्टाचार बढेको महसुस गरिरहेकै छन् । भ्रष्टाचारको पीडा भोगिरहेकै […]