दाङ – घोराही उपमहानगरपालिकामा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेमा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले ७०४५ र उपप्रमुखमा हुमा डिसीले ६७८७ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट माओवादीबाट मेयरमा उम्मेदवारी दिएका हेमराज शर्माले ७०१ र उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भुपबहादुर डाँगीले ७४४१मत प्राप्त गरेका छन्।