काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पालिका चुनावकाे परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ ।
आज शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढङ्गले गठबन्धन हुँदै नभएको भन्दै चुनावकाे परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको हो । उहाँले आफूहरूको असन्तुष्टि सत्तारूढ दलहरूको बैठकमा राखिएको र आन्तरिक रूपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्न...