संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा आइपुगेको छ । हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली संखुवासभा आइपुगेको हो ।प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार हत्यामा भाइको संलग्नताबारे अनुसन्धान गर्न प्रहरी टोलीलाई संखुवासभा पठाइएको हो । हत्याको अनुसन्धान गरी बिराटनगर फर्किएको प्रहरी टोली लोकबहादुरको भाइ नरेश