वीरेन्द्र अस्पतालका समस्या समाधानमा पहल थाल्न कावा प्रमको निर्देशन

काठमाडाैँ : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको आज निरीक्षण भ्रमण गरेका छन्।भ्रमणका क्रममा उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए।कार्यवाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पतालको ओपिडी भवन, आकस्मिक कक्ष, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपिडी कक्षहरूका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको मास क्याजल्टी ट्रिटमेन्ट सेन्टर क्षेत्रको अवलोकन गरे

सम्बन्धित सामग्री

सुकुमबासी समस्या समाधानको प्रयास निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । तिनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा...

जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपत्यकामा जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान र उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीद्वारा अनशनरत किसानको माग सम्बोधन गर्न पहल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका […]

समस्या समाधानका लागि पहल गर्न निजी क्षेत्रको प्रधानमन्त्रीसँग माग

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेट गरेको छ । प्रचण्ड आइतबार मात्र प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यस अवसरमा महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याका रुपमा देखापरेको चालू पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न माग गरे । उनले हाल देखिएको तरलता संकुचनको […]

निकुञ्जका कारण परेको समस्या समाधान हुन्छ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षण पश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि  आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए । निरीक्षणमा वन मन्त्रालयका सचिव डा.पेमन

मोतीपुर घटना : मृतकका परिवारलाई जनही १ लाख दिइने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको रुपन्देही मोतीपुरका वास्तविक सुकुम्वासीको समस्या हल गर्नका लागि  तत्काल पहल  थाल्न निर्देशन दिएका छन् । सोमबार बसेको सुरक्षा समितिको बैठकमा केसीले सुकुम्वासी समस्या समाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका हुन् ।बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या समाधान सुझाव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी का

विद्यार्थीहरुको भविष्य डामाडोल नहोस्, सरकारले कूटनीतिक पहल गरोस्

काठमाडौं। चीन र जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ। समितिकी सभापति जयपुरी घर्तीले चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयलाई निर्देशन दिएकी हुन्।

सवेलाको कटान रोक्न मन्त्री भुसालको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन् । नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान गरी जोखिम बढाएकाले कटान रोक्ने पहल गर्न मन्त्री भुसालले सिँचाइ विभागलाई निर्देशन दिएकी हुन् ।मन्त्री भुसालले आज सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीमार्फत सो क्षेत्रमा भइरहेको कटान रोकेर बस्ती सुरक्षित तुल्याउन निर्देशन दिनुभ