विश्वभर महामारीका रूपमा देखिएको कोरोनाको सङक्रमणलाई थप फैलिन नदिन यसका सङ्क्रमित बढिरहेको भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै खटिएका छन् । सङक्रमण फैलिन नदिन सशस्त्र प्रहरी र जनता सँगसँगै खटिएका कारण सीमानाकाबाट लुकेर आउने तथा चोरी तस्करी नियन्त्रण भएको भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले बताउनुभयो । उहाँले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङक्रमण थप फैलिन नदिन सीमा सिल गर्ने काम भएकामा खुशी व्यक्त गर्नुभयो । सीमामा सशस्त्र प्रहरी र जनताको संयुक्त पहरेदारीले कोरोना रोकथाम तथा सीमाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । अध्यक्ष बुढाले अहिले अस्थायी संरचनामा बसेर सीमाको रक्षा गरिरहेको सशस्त्र प्रहरीको बिओपीमा पक्की भौतिक संरचना निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन गरेर संरचना निर्माण भइरहेको बताउनुभयो ।