सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन् । गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् । तर कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन ।