कांग्रेस महामन्त्री गगनकुमार थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जन गर्न संस्थापन पक्षले दबाब दिएको छ । महामन्त्री थापाले महासमितिमा प्रस्तुत गर्ने सांगठनिक दस्ताबेजमा पार्टीले अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । उक्त प्रस्तावले महासमिति बैठकमा ध्रुवीकरण बढाउने भन्दै संस्थापनले त्यसलाई रोक्न कसरत थालेको हो ।