पूर्व विद्यार्थी नेता वाग्लेको निधनबारे छानबिन गर्न अखिल (छैठौं) को माग

काठमाडौं । अनेरास्ववियु (छैठौं) ले पूर्व विद्यार्थी नेता डाचाराज वाग्लेको निधनप्रति दुःख व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष वाग्लेको यही माघ २१ गते राति दुर्घटनामा निधन भएको थियो । अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले शोक वक्तव्य प्रकाशित गरी उहाँको निधन रहश्यम भएको भन्दै छानबिनको माग गर्नुभएको छ । नेकपा सर्लाहीका इन्चार्ज वाग्ले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनको नेतृत्व गरी फर्कने बेलामा रहश्यमयी निधन भएको भन्दै सो पार्टीले छानबिनको माग गरेको छ । वक्तव्यमा भनिएको छ, ‘नेपाली वामपन्थी विद्यार्थी आन्दोलनमा नेतृत्वदायी योगदान गरेका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष डाचाराज वाग्लेको २०७७ माघ २१ गते राती निधन भएको छ । उहाँ चढ्नुभएको मोटरसाइकल दुर्घटना भएको देख्ने व्यक्ति कोही नभएको कारण घटना प्रष्ट भएको छैन । घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन माग गर्दछौं । वाग्ले नेतृत्वको अखिल (क्रान्तिकारी)सँग अखिल (छैठौं)को लामो सहयात्रा भएको थियो । चार वाम विद्यार्थी संगठनको संघर्षमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । अखिल (छैठौं) र अखिल (२०२२)बीच एकता हुँदा उहाँले अभिभावकीय भूमिका खेल्नुभएको थियो । नेपाली वामपन्थी आन्दोलनले एक संघर्षशील व्यक्ति गुमाएको छ । अखिल (छैठौं)को तर्फबाट डाचाराज वाग्लेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’ नेकपाका सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मृत्यु

सम्बन्धित सामग्री

अनेरास्ववियूका जिल्ला नेतामाथि प्रहरीद्वारा निर्घात कुटपिट

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुनर्वास नगर कमिटीले विद्यार्थी नेता टेकबहादुर थापासहित स्थानीयमाथि प्रहरीले गरेको निर्घात कुुटपिटको छानबिन गरी संलग्नलाई कार्वाही गर्न माग गरेको छ। इलाका प्रहरी कार्यालयमा नेकपा सम्बद्ध अनेरास्ववियूका जिल्ला सदस्य थापालाई निर्घात कुटपिट गरिएको थियो। नेकपा नगर कमिटीले विज्ञप्ति प्रका...

पुजारी हत्याको विरोधमा प्रदर्शन गर्ने राप्रविसंका १२ विद्यार्थी प्रक्राउ

काठमाडाै‌ं । रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रदर्शनमा  घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार …