प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई आग्रह गरेका छन् । बिहीबार केन्द्रका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोली सहितको बैठकमा मुख्यमन्त्री राउतले सो माग गरेका हुन् । सबैभन्दा बढी जनघनत्व तथा भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश- २ लाई जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध हुन नसकेको उनको गुनासो थियो । शर्मा नेतृत्वको टोली प्रदेशमै आएर प्रदेश सरक