बझाङ – बझाङको तलकोट गाउँपालिकामा पानी ट्याङ्की फुटेर भएको घटनामा दुई जनाको ज्यान गएको छ । तलकोट गाउँपालिका वडा नम्बर १ चौडामा पानी ट्याङ्की फुटेर पानी तथा ट्याङ्कीको संरचनाले थिच्दा ५१ वर्षीय गोगल कुँवर र ४५ वर्षीया सुन्दरी देवी कुँवरको ज्यान गएको हो ।
सिँचाइका लागि निर्माण गरिएको पानी ट्याङ्की फुट्दा गोगल कुँवरको घटनास्थलमै र सुन्दरी कुँवरको सदरमुकाम चैनपुरमा उपचारका क्रममा ज्यान गएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्...