काठमाडौं : नेपाल टेलिकमको टेलिफोन सेवा तीन घन्टापछि सुचारु भएको छ। विहान ६ : ३० बाट ८ : ३० बजे सम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिए। उनले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताए।