प्रदेशमा सत्ता समीकरणको स्पष्ट चित्र नआउँदै मुख्यमन्त्रीका आकांक्षीले संसदीय दलको नेता बन्न दौडधुप सुरु गरेका छन् । बहुमत जुटे मुख्यमन्त्री बन्न सकिने, त्यो सम्भव नभए संसदीय दल नेताको सुविधा लिने मनसायका साथ उनीहरूले सम्बन्धित दलभित्र कसरत थालेका हुन् ।