उरुग्वेले कोपा अमेरिकामा शुक्रबार बोलिभियामाथि ५–० को अन्तरको जित निकालेको छ । उरुग्वको समूह ‘सी’ मा लगातार दोस्रो जित हो र उसको ६ अंक भएको छ । उरुग्वेले नकआउट चरण यात्रा पनि तय गरेको छ ।
काठमाडाैं । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३१ खेलमा ल्याइपुर्याएको छ। विश्वकपको महादेशीय छनोटअन्तर्गत बुधबार बिहान अर्जेन्टिना, इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकियो। अर्जेन्टिनाले अन्तिमपटक सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग हार ब्यहोरेको थियो। त्यतिबेला ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले हराएको थियो। त्यसयता अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २१ जित र १० बराबरी खेलेको छ। अर्जेन्टिना लगातार तीन […]
१९ माघ, काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको छ । लिओनल मेस्सीविना नै छनोट खेलिरहेको अर्जेन्टिनाले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको हो । यस जितपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा लगातार २९ खेलमा अपराजित छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिना कुनै खेलमा हारेको […]
कोपा अमेरिका अन्तर्गत भोलि बिहान समूह 'बी' का दुई खेल हुँदैछन्।
सोमवार बिहान हुने पहिलो खेलमा ब्राजिल र इक्वेडर आमनेसामने हुनेछन्। बिहान पौने तीनबजे स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा हुने खेलमा समूहको शीर्षस्थानमा रहेको ब्राजिललाई समूहको चौथो स्थानमा रहेको इक्वेडरले चुनौती दिनेछ।
आयोजक ब्राजिल समूहका तीन खेलमा लगातार जित निकाल्दै ९…
एजेन्सी।कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ।अर्जेन्टिनाले मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गरेको हो।अर्जेन्टिनाको जितमा एलेजेन्ड्रो गोमेजले खेलको १०औं मिनेटमा एन्जेल डी मारियाको पासमा गरेको गोल नै निर्णायक बन्यो।समूह 'बी' को शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले तीन खेलबाट ७ अंक जोडेको छ।दोस्रो स्थानको चिलीको ५ अंक छ भने ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा छ।