विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन सुरु भएको छ । किसानलाई जिउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन अहिले भ्याइनभ्याइ छ । स्थानीय दंसी सार्कीले मार्सी धानको उत्पादन राम्रो भए पनि वर्षाका कारण अधिकांश खेत बाढीले बगाएर लगेको बताए ।