फाँट र पाखाहरु धान पाकेर पँहेलपुर छन् । हुम्लाका किसानलाई अहिले मार्सी धान भित्र्याउने चटारो छ । जिल्लामा यतिबेला मार्सी चंखेली गाउँपालिका-२ र ३ को दार्मा, मिमी र सर्केगाड-१ को तुम्चमा भित्र्याउने धेरै छन् । त्यहाँ पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ ।