सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीचको मङ्गलबार भेट सम्पन्न भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको अध्यक्ष प्रचण्ड र महामन्त्री खड्का बीचको भेटमा मन्त्रीपरिषद् विस्तार, संसदमा जारी गतिरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको स्राेतले बताएको छ ।