टेक एक्स विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी [तस्बिरहरू]
डिल्ली बजारमा रहेको सफ्टवेरिका कलेजमा चारदिने टेक एक्स विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी सुरु भएको छ। स्नातक तहमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रविधिका प्रारूप र मोडलहरु प्रदर्शनीमा राखिएका छन्।
स्मार्ट सिटी,...
काठमाडाैँ- जेभियर इन्टरनेसनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरको छ। काठमाडौँको कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजले बिहीबारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना गरेको हो। प्रदर्शनीमा २० वटा स्टलहरू रहेका र ती स्टलहरूमा अचारसँग सम्बन्धित, व्यापार, सिँचाइसम्बन्धी, खानासम्बन्धी र पर्यटनसँग सम्बन्धित विभिन्न प्रदर्शनी रहेको आयोजकले जनाएको छ। सो प्रदर्शनी […]
१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको परीक्षा दिने समयावधि सकिएकाको लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । संस्थान डीनको कार्यलय, परीक्षा शाखाले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई मौका परीक्षा दिने सूचना जारी […]
म्याग्दी-धौलागिरिको पहिलो क्यूएए मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर, सूचना प्रविधि र विज्ञान विषयमा अध्यापन गराउने तयारी गरेको हो । समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर १० जोड दुई उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरि स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय (बीआईसिटीई) को अध्यापन गराउन […]
म्याग्दी (अस) । म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । क्याम्पसको स्नातक तहमा सेमेस्टर प्रणाली अन्तर्गत प्राविधिक शिक्षाको विषयमा अध्ययन–अध्यापन गराउन लागिएको हो ।
साविक धवलागिरिमै पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले सूचना तथा प्रविधिको क्षेत्रमा अध्यापन गराउने मौका पाएको हो । प्राविधिक शिक्षाका लागि ठूला शहर तथा विदेशमा जाने चलन बढिरहेको समयमा क्याम्पसले जिल्लामै स्नातक तहमा कम्प्युटर तथा सूचना, प्रविधि (बीआईसीटीई)को विषयमा शैक्षिक कार्यक्रम शुरू गर्ने भएको छ ।
जिल्लाका विभिन्न विद्यालयमा विज्ञान, गणित, कम्प्युटर जस्ता प्राविधिक विषय पढाउने शिक्षकको अभाव भइरहेको बेला म्याग्दी क्याम्पसले एकैपटक दुईओटा विषयको सम्बन्धन प्राप्त गरेको छ । बीआईसीटीई र बीएड साइन्स कार्यक्रमका लागि प्रवेश परीक्षाका लागि आवेदन खुलाइएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए ।
समेस्टर प्रणालीमा अध्ययन तथा अध्यापन हुने कम्प्युटर प्रविधिको विषयमा ४० प्रतिशत आन्तरिक तथा ६० प्रतिशत लिखित परीक्षा हुने सूचना अधिकारी समेत रहेका सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए । बीआईसीटीई विषयमा अध्ययनका लागि यही फागुन १० गतेसम्म प्रवेश परीक्षाको आवदेन दिन सकिने समय तोकिएको छ । २०४८ सालमा स्थापित म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म विभिन्न विषयमा पढाइ हुँदै आएको छ । क्याम्पसमा १४ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ ।केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा स्नाकोत्तर वा कम्युटर इन्जिनियरमा स्नाकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नाकोत्तर गरेको हुनुपर्नेछ ।केन्द्रले