वीर अस्पतालले बुझाउने भयो बहाल कर

काठमाडौं : वीर अस्पतालले साउनदेखिको बाँकी घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ। अस्पतालले बिहीबार एक सूचना जारी गर्दै साउन देखिको बहाल कर महानगरपालिकालाई बुझाउने जानकारी दिएको छ। अस्पतालले  यसअघि राजस्व कार्यालयमा बुझाउँदै आएको कर अब महानगरपालिकालाई बुझाउन लागेको हो। केही समयअघि महानगरपालिकाले कर बहाल कर तिर्न ताकेता गरेको थियो। अस्पतालको स्वामित्वमा रहेका विभिन्न घर टहराहरूलाई बहालमा लगाइएको र सोबापत प्राप्त हुने रकमको १० प्रतिशत  साउन १ देखिको कर महानगरलाई तिर्न लागेको

सम्बन्धित सामग्री

असल करदातालाई स्टिकर वितरण गर्दै भरतपुर महानगर

चितवन। भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई ‘असल करदाता’ स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ ओटै वडाका असल करदातालाई तीनओटा रङ भएको स्टिकर वितरण गरेको हो । व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकर तिर्नेलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरेको हो । महानगरपालिकाले कानूनी दायित्वको पालना नगरी व्यवसाय सञ्चालन नगर्न, नवीकरण गर्न, घरबहाल कर दाखिला गर्न र सम्पत्ति कर बुझाउन सार्वजनिक आह्वान गरेको छ । असोज २३ गतेसम्म कर बुझाउने करदातालाई विशेष छूट सुविधा उपलब्ध गराइने महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए । समयमै कर दाखिला नगर्ने व्यक्ति वा संस्थालाई महानगरपालिकाबाट उपलब्ध सेवासुविधा कटौती गर्ने महानगरपालिकाले बताएको छ । भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई आक्रामक रूपमा अघि बढाइएको बताएको छ । महानगरपालिकाले कर संकलनका लागि ‘टास्कफोर्स’ बनाउने तयारी गरेको अर्यालले बताए । ‘यसले कर संकलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिनेछ,’ अर्यालले भने । महानगर प्रमुख रेनु दाहालले चालू आर्थिक वर्षमा राजस्व संकलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिइन् ।

घरभाडा नघटाए तालाचाबी घरबेटीलाई बुझाउने व्यवसायीको चेतावनी

चितवन  । आर्थिक मन्दीको कारण व्यवसाय सुस्त भएपछि चितवनका व्यवसायीले भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बैंकको ब्याजदर, घरभाडा, कर्मचारी खर्च लगायतका चालू खर्च धान्न नसकेको भन्दै उनीहरूले घरबेटीलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन् । व्यवसायीको चर्को विरोध र असन्तुष्टि देखिएपछि नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरूसँग बृहत् छलफल गरेको छ ।  छलफलमा हालको व्यवसायसम्बन्धी समस्यालाई सम्बोधन गरी विषम परिस्थितिमा व्यवसायीलाई टिकाउन र घरधनीका घर खाली नगर्न घरधनी लगायत सम्बन्धित संघसंस्थाको विशेष पहल रहनुपर्ने सरोकारवालाको भनाइ छ । मञ्चका अध्यक्ष खेमनारायण पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, विज्ञप्ति र ज्ञापनपत्रमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिए पनि माग सम्बोधन नभएको बताए ।  चितवन जिल्लाअन्तर्गतका बढी जनघनत्व रहेका पालिकाका ८० देखि ९० प्रतिशत व्यवसायी घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीमध्येका झन्डै ८५ प्रतिशत व्यवसायीले व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउँदै यसलाई गम्भीर रूपमा लिन पराजुलीले आग्रह गरे । जिल्लाका मुख्य बजारका धेरै सटर तथा घर खाली हुँदै गएको र भएका अधिकांश व्यवसायीले पसल विक्रीका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छन् । ‘घरधनीले खाली भवनमा भाडामा छ भनेर ब्यानर, पोस्टर टाँसेको अवस्था छ । व्यवसाय नै बन्द रहेमा घरधनीले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल कर र रोजगारीसमेत गुम्ने अवस्थामा घरधनी, राज्य र व्यवसायीका संघबाट यथोचित सम्बोधन हुनुपर्छ,’ उनले भने । व्यवसायी संघबाट हालको अवस्थामा दिँदै आएको भाडादरमा ३० देखि ४० प्रतिशत घर भाडा घटाउन अनुरोधसहित छाता संगठन उद्योग वाणिज्य संघ र महासंघसम्म ज्ञापनपत्र बुझाएको तर उचित पहल हुन नसकेको व्यवासायीको गुनासो छ । घरबहालसम्बन्धी स्पष्ट कानून नबन्नु, विभिन्न करको विषयमा स्थानीय सरकारले उचित र प्रष्ट नीति तथा व्यवस्था गर्न नसक्नुले व्यवसायको सुरक्षाको ग्यारेन्टी नभएको मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए ।

‘घरबहाल व्यवस्था निर्देशिका’ कार्यान्वयनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांशले घरबहालमा लगाएबापत तिर्नुपर्ने कर नतिरेको गुनासो बढ्न थालेपछि व्यवस्थापनका लागि बनाएको नयाँ निर्देशिका महानगरले कार्यान्वयनमा ल्याएको हो । नयाँ नियमअनुसार घरबहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्ने र भाडामा दिने/लिने दुवै पक्षले सम्झौतापत्रको एक–एकप्रति राख्नुपर्नेछ । एक प्रति सम्बद्ध वडा कार्यालयमा बुझाउनुपर्ने र घर बहालमा लिने/दिनेको नाम थर, ठेगाना, नागरिकता नम्बर, परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्ने प्रावधान निर्देशिकामा छ । घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादरलगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ । सोहीअनुसार घरपेटीहरूले अहिले धमाधम डेरावालासँग सम्झौता गर्दै वडामा बहालकर बुझाउन थालेको महानगरका कर अधिकारीहरूले बताएका छन् । महानगरको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले निर्देशिका आएपछि सम्झौता गर्ने क्रम बढेको र घरबहाल तिर्नेको संख्यामा समेत उल्लेख्य वृद्धि आएको जानकारी दिए । ‘९० दिनभित्र सम्झौतासहित बहाल कर तिर्न आउन भनिएको थियो । अहिले त्यसको प्रभाव राम्रै परेको छ,’ उनले भने, ‘सम्झौतासहित घरपेटीहरू घरबहाल कर तिर्न आउनुभएको छ । महानगरले सचेतनासमेत उत्तिकै फैलाइरहेकाले थप आउने क्रम बढ्ने अपेक्षा छ ।’ उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा महानगरले घरबहाल कर शीर्षकमा २ अर्ब रुपैयाँ हाराहारी राजस्व संकलन गरेको थियो । निर्देशिका लागू भइसकेकाले चालू वर्षमा यो शीर्षकमा ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने महानगरको अपेक्षा छ । निर्देशिकामा के छ थप नयाँ ? निर्देशिका अनुसार घर खालि हुँदा पनि घरधनीले खालि भएको ७ दिनभित्र वडा कार्यालयमा जानकारी दिनुपर्नेछ । यस्तो जानकारी दिएपछि वडा कार्यालयले घर खालि भएको मितिदेखि कर लगाउने छैन । निर्देशिकामा काठमाडौंका घरधनीलाई बहाल कर तिर्नैपर्ने व्यवस्था गरिएको छ । निर्देशिकामा छूटको व्यवस्थासमेत छ । निर्देशिकाअनुसार महानगरभित्र बहालमा दिएका घरको बहाल २ वर्षमा १० प्रतिशतले बढ्नेछ । महानगरले तयार गरिदिएको नमूना घरबहाल सम्झौतापत्रको एउटा बुँदामा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुनेछ ।’ महानगरका राजस्व विभागका प्रमुख काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरूले मनलाग्दी भाडा उठाउन पाउने छैनन् । तोकिएको भाडाको आधारमा महानगरमा घरबहाल कर तिर्नुपर्छ । घरबहाल सम्बन्धमा घरधनी र बहालमा बस्नेबीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ । घरभाडामा दिँदा र घर खालि भएको सूचना ७ दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ । घर खालि भएको जानकारी नगराए भाडामा लगाउने पक्षले उक्त अवधिभरको घरबहाल कर महानगरपालिकालाई तिर्नुपर्ने हुन्छ । निर्देशिकामा काठमाडौं महानगरपालिकामा घरबहाल कर फरक/फरक ढंगले उठाइने उल्लेख गरिएको छ । ‘महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र स्थान विशेष वा भवनको प्रकृति वा बहाल प्रयोजन वा अन्य कुनै विषयलाई आधार बनाई घरबहाल करको न्यूनतम दर वा अंक तोक्न सक्नेछ,’ निर्देशिकाको बुँदा नम्बर ३१ मा भनिएको छ । यस्तै, छूट वा मिनाहाको पनि व्यवस्था गरिएको छ । महानगरपालिकाले घरबहाल करमा छूट वा मिनाहा गर्न सक्ने निर्देशिकामा उल्लेख छ । सम्झौता भएर बहालमा लिने व्यक्तिको प्राकृतिक विपद् वा कुनै महामारीका कारण दैनिक जनजीवनमा नकारात्मक प्रभाव परेमा अथवा नियमित आयआर्जन बन्द भएमा उक्त विवरण वडा कार्यालयमा पेश गरेर कर छूट वा मिनाहा निर्णयका लागि महानगरमा सिफारिश गर्न सक्ने व्यवस्था निर्देशिकामा छ । यस्तै घरबहालमा लिने व्यक्ति विद्यार्थी, शहीद परिवार, घाइते, अपांगता भएका व्यक्ति, विपन्न वा असहाय भएमा पनि कर छूट वा मिनाहा हुन सक्ने महानगरले व्यवस्था गरेको छ । ‘महानगरले बहालमा लिएको घरजग्गा समाजसेवा वा लोककल्याणकारी कार्यमा प्रयोग भएमा, मुनाफाको उद्देश्य नराखी कुनै पेशा व्यवसाय सञ्चालन गरेको अवस्थामा घरबहालमा लिने र दिने पक्षबीच प्रमाण खुलाई कारण र औचित्यका आधारमा सम्झौता गरी बहाल रकममा छूट वा मिनाहा गर्न सक्नेछन्,’ निर्देशिकामा भनिएको छ । त्यस्तै महानगरपालिकाभित्र घरबहालमा लगाउँदा बीमा गराउनुपर्ने भए त्यसको जिम्मा घरधनीले नै लिनुपर्ने छ । महानगरले ल्याएको ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार घरको बीमा बहालमा लिने वा दिने जुन पक्षले गरे पनि बीमाबापत खर्च भएको रकमको दायित्व घरधनीकै हुने व्यवस्था छ । ‘पूरै घर बहालमा नलिई कुनै तला वा कोठा वा घरको आंशिक एकाइ मात्र बहालमा लिएको अवस्थामा घरको बीमा गराउने जिम्मेवारी घरधनीकै हुनेछ,’ निर्देशिकामा भनिएको छ । घरबहालमा लिने व्यक्तिले घरको बीमा गराएको अवस्थामा त्यसबापत लागेको खर्च घरधनीलाई बुझाउने बहाल रकममा कट्टा गर्न पाउने व्यवस्था महानगरले गरेको छ । महानगरले गरेको व्यवस्थाअनुसार बहालमा लिने/दिने घरको बीमा गर्नेसम्बन्धी अन्य विषय बहाल सम्झौतामा उल्लेख गरेबमोजिम हुनेछ । कस्ताले पाउँछन् घरबहाल कर छूट ? सम्झौता भएर बहालमा लिने व्यक्तिको प्राकृतिक विपद् वा कुनै महामारीका कारण दैनिक जनजीवनमा नकारात्मक प्रभाव परेमा नियमित आयआर्जन बन्द भई उक्त विवरण वडा कार्यालयमा पेश गरेमा घरबहालमा लिने व्यक्ति विद्यार्थी, शहीद परिवार, घाइते, अपांगता भएका व्यक्ति, विपन्न वा असहाय भएमा

वीर अस्पतालले घर बहाल कर महानगरलाई बुझाउने

काठमाडौं । वीर अस्पतालले अबदेखि घर बहाल कर काठमाडौं महानगरपालिकालाई बुझाउने भएको छ ।  अस्पताललाई महानगले घर बहाल कर नबुझाएको भन्दै कर चुक्ता गर्नका लागि १० दिनको अल्टिमेटम दिएको थियो । अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनुपूर्वकै व्यवस्थाअनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको जनाएको...

घर बहाल करबारे वीर अस्पतालले महानगरलाई पठायो जवाफ

काठमाडौँ । वीर अस्पतालले चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौँ महानगरपालिकामा बुझाउने बताएको छ । वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए बापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो । त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम […]

वीर अस्पतालले अब घर बहाल कर महानगरलाई नै बुझाउने

३० भदौ, काठमाडौं । वीर अस्पतालले चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौं महानगरपालिकामा बुझाउने बताएको छ । वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिए वापतको घर बहाल कर महानगरपालिकालाई तिरेको थिएन, त्यसैले महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेको थियो । त्यसको जवाफ पठाउँदै वीर अस्पतालले आफूले उठाउने भाडाको १० […]

भृकुटीमण्डप बजार : कर बुझाउने समय सकियो, महानगरले थाल्यो बन्द गर्ने प्रक्रिया

काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले जारी गरेको तीनदिने बहाल कर बुझाउने अल्टिमेटम सकिएको छ। कार्यालयले  गत मंगलबार तीन दिनभित्र भृकुटीमण्डप क्षेत्रभित्रका खुला बजार,पक्की स्टल, बुथ, घुम्ती तथा साना पसल, जग्गा भाडामा लिई बसेका व्यक्ति, संस्था एवं भाडामा बस्ने कार्यालयहरूलाई बहाल कर बुझाउन निर्देशन दिएको थियो।भृकुटीमण्डप सञ्चालन कार्यालयले ती क्षेत्रका पसल, कार्यालयमै सूचना टाँसेको थियो तर कर बुझाउने अल्टिमेटम सकिँदा पनि कसैले कर नबुझाएको भृकुटीमण्डप सञ्चालन कार्य

घर बहाल करमा कडाइ गर्दै सरकार, भाडामा बस्नेकाे पनि दायित्व

काठमाडौँ – सरकारले घर बहाल कर बुझाउने दायित्व भाडामा लिने व्यक्तिलाई समेत हुने गरी कानुन संशोधनको तयारी गरेको छ। मुलुकी देवानी संहिता २०७४ लाई संशोधन गर्न सरकारको निर्देशनमा नेपाल कानुन आयोगले तयार पारेको संशोधन मस्यौदामा घर बहाल कर बुझाउने दायित्व घर भाडामा दिनेलाई मात्रै भएको अहिलेको व्यवस्थालाई थप गर्न लागेको हो। आयोगले तयार पारेको संशोधन […]

काठमाडौ महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने

नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो ।  इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्य...

घर बहालमा कानूनी व्यवस्था

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको घरलाइ, रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिका लागि अन्य व्यक्तिलाई प्रयोग गर्न दिनु बहालमा दिनु हो । बहालमा दिएको हुनका लागि कसैले आफ्नो घर निश्चित समयका लागि अन्य व्यक्तिलाई दिएको र जसलाई दिएको हो, उसले उक्त घर उपभोग गरेको हुनुपर्छ । घर भन्नाले सिंगो घर, घरको तल्ला, कोठा र घरले चर्चेको जग्गा जमीनलाई समेत जनाउँछ । निश्चित समयका लागि रकम तिरेर अर्काको घरमा बस्नु बहालमा बस्नु हो । कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्नेजस्ता औद्योगिक या व्यावसायिक प्रयोजनका लागि घर बहालमा लिनेले त्यस्तो घरको सुरक्षाका लागि बीमा गराउनुपर्ने हुन्छ । कुनै पनि व्यक्तिहरूका बीच विभिन्न शर्त राखेर एकापसमा घर बहालमा लिनेदिने गरी सम्झौता हुन्छ भने त्यो घरबहाल सम्झौता हो । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ को दफा ३८३ देखि दफा ४०५ सम्ममा यससम्बन्धी व्यवस्था गरिएको पाइन्छ । दफा ३८३ बहालमा दिएको मानिने : कसैले आफ्नो हक भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि ‘घर’ भन्नाले कुनै घर, घरको तल्ला, एकाइ, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापातसमेत सम्झनुपर्छ, भनिएको छ । मानव बसोवास गर्न स्वास्थ्य तथा सुरक्षाका दृष्टिले अनुपयुक्त घर बहालमा लिनु दिनु गर्नु नहुने व्यवस्था दफा ३८४ मा गरिएको छ । व्यक्तिहरूका बीच घर बहाल लिँदा दिँदा बहाल अवधि बढीमा ५ वर्षको हुनुपर्ने छ तर व्यापारिक प्रयोजनका लागि घरबहाल दिएकोमा सम्झौतामा उल्लेख गरेबमोजिम हुने व्यवस्था दफा ३८५ मा गरिएको छ । कुनै व्यक्तिले घर बहालमा दिँदा निम्न कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्छ । यसमा घर बहाल लिने र दिने व्यक्तिहरूको पूरा नाम ठेगाना, नागरिकता नम्बर र विदेशी व्यक्ति भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र, घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर, बहाल लिने प्रयोजन, बहाल शुरू र कायम रहने समय, मासिक बहाल रकम, बहाल बुझाउने समय र प्रकृया, घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलीफोनको महसुल बुझाउने दायित्व, बहाल कर भुक्तानी, बीमा, घर छाड्ने र हटाउने, बहालमा लिएको घर अन्य व्यक्तिलाई पुनः बहाल दिन पाउने नपाउने र आवश्यक लागेका अन्य कुराहरू सम्झौतामा उल्लेख गरिनुपर्छ । यसका साथै मासिक २० हजार रुपैयाँसम्मको लेनदेनमा लिखत सम्झौता आवश्यक छैन भने बहाल बस्ने व्यक्तिको फोटो टाँस गर्नुपर्ने र त्यस्तो सम्झौतामा कम्तीमा २ जना साक्षीको सहीछापसमेत हुनुपर्ने व्यवस्था दफा ३८६ मा गरिएको छ । घर बहालमा लिनेदिने गर्दा सम्झौता गर्दाकै बखत घरधनीले बहाल दिने घरको कुनै खोट वा कमजोरी भएमा त्यसको विवरण बहालमा लिनेलाई अनिवार्य रूपमा दिनुपर्छ भन्ने व्यवस्था दफा ३८७ ले गरेको पाइन्छ । कुनै व्यक्तिलाई घर बहालमा दिँदा घरमा मालसामान वा कुनै वस्तुसमेत रहेछ भने बहालमा दिनुअघि घरमा रहेको सामान वा वस्तु केकस्तो अवस्थामा रहेका छन् त्यसको विवरण तयार पार्नुपर्छ । यदि बहालमा लिनेले त्यस्तो सामान प्रयोग गर्ने भए त्यस्तो सामान घर बहालमा लिनेले बुझी लिएर त्यसको भर्पाइ घरधनीलाई दिनुपर्ने व्यवस्था दफा ३८९ मा गरिएको छ । घरधनीले बहालमा बस्ने व्यक्तिलाई सम्झौतामा उल्लेख भएबमोजिम घर उपयोग गर्न दिनुपर्छ । सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक पानी बिजुली र ढल निकास तथा सरसफाइको व्यवस्था घरधनीले नै गर्नुपर्छ । बहालमा बस्नेलाई सोही घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा हैरानी वा अशान्ति भएमा त्यसलाई रोक्ने कार्य गर्नुपर्छ । शान्त वातावरणको व्यवस्था मिलाउने साथै सम्झौतामा उल्लिखित सबै कुरा पालना गर्नुपर्छ भनी घरधनीको दायित्वका बारेमा दफा ३८९ मा व्यवस्था गरिएको छ । सम्झौताबमोजिम निर्धारित समयमा बहाल रकम बुझाउनुपर्ने, बहालमा लिएको घरलाई आप्mनै घरसरह मानी सरसफाईका साथै उचित र उपयुक्त तरीकाले हेरचाह र संरक्षण तथा सुरक्षा गर्नुपर्ने, बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति हैरानी वा असुरक्षा हुने कार्य गर्न नहुने र सम्झौतामा उल्लिखित कुराहरू पालना गर्नुपर्ने भनी बहालमा बस्नेको दायित्वको सम्बन्धमा दफा ३९० मा व्यवस्था गरिएको छ । बहालमा लिनेले घरधनीसँग भएको सम्झौतामा लेखिएको तरीका र प्रक्रियाबमोजिम घरधनीलाई बहाल बुझाउनुपर्छ तर कुनै तरीका र प्रक्रिया उल्लेख रहेनछ भने प्रत्येक महीना भुक्तान भएको ७ दिनभित्र बहाल बुझाउनुपर्छ, त्यसरी बुझाउँदा नगद वा चेक जे बुझाए पनि हुन्छ । घरधनीले नगद बुझेकोमा भने बुझेको भर्पाइ गरी बहाल बुझाउनेलाई दिनुपर्छ भन्ने व्यवस्था दफा ३९१ मा गरिएको छ । बहालमा लिने र दिनेका बीच विवाद नहोस् र व्यावहारिक सहजता कायम होस् भन्नका लागि यस्तो व्यवस्था गरिएको हो । जसले आय आर्जन गर्छ, उसले कर तिर्नुपर्छ । त्यसैले घरबहाल सम्झौतामा नै कर कसले तिर्ने हो स्पष्ट उल्लेख हुनुपर्छ । यदि उल्लेख भएको छैन भने कर तिर्ने दायित्व घर धनीकै हुने व्यवस्था दफा ३९२ ले गरेको छ । औद्योगिक या व्यावसायिक प्रयोजनका लागि घर बहालमा लिनेले त्यस्तो घरको सुरक्षाका लागि बीमा गराउनुपर्ने हुन्छ । औद्योगिक वा व्यावसायिक प्रयोजन भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य बुझिन्छ । प्राकृतिक प्रकोप वा अशान्ति, हूलदंगा, आगजनीजस्ता मानवीय कारणले हुनसक्ने क्षतिबाट बचाउन बीमा गर्नुपर्ने व्यवस्था दफा ३९३ मा गरिएको छ ।   सम्झौतामै बहाल लिने दिनेमध्ये कसले घरको मर्मत सम्भार गर्ने हो त्यसबारेमा स्पष्ट उल्लेख भएकोमा सोहीबमोजिम र कुनै कुरा उल्लेख भएको रहेनछ भने बहालमा लिएको व्यक्तिले नै घरको मर्मत सम्भार गर्ने दायित्व हुन्छ भन्ने व्यवस्था दफा ३९४ मा गरिएको छ । घर बहाल सम्झौता हुँदा बहाल लिनेले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने भन्ने उल्लेख भएको रहेछ भने बहालमा दिने र लिनेबीच भएको सम्झौताको अधीनमा रही पुनः बहालमा दिन सक्ने तर सो सम्झौताविपरीत हुनेगरी बहालमा दिन नसक्ने कुरा दफा ३९५ मा व्यवस्था गरिएको छ भने घरधनीको स्वीकृतिविना बहालमा लिएको घरको संरचना भत्काउने, बिगार्ने गरी संरचनामा हेरफेर गर्नु नहुने कुरा दफा १९६ मा गरिएको छ । घर बहाल सम्झौता गरिसकेपछि सम्झौताविपरीत घर प्रयोग गर्नु नहुने व्यवस्था दफा ३९७ मा गरिएको छ । जुन प्रयोजनका लागि घर बहालमा लिएको हो त्यस कामका लागि निजलाई घर नचाहिने भई घर छाड्न परेमा बस्ने व्यक्तिले कम्तीमा ३५ दिनुअगावै घरधनीलाई लिखित सूचना गर्नुपर्छ । यदि घर बहाल लिने दिने सम्झौतामा अन्यथा उल्लेख भएमा सोहीबमोजिम हुने व्यवस्था दफा ४०० मा गरिएको छ । घरबहालको अवधि समाप्त भएमा वा बहालमा बस्ने व्यक्तिले सम्झौता विपरीत कार्य गरेमा पनि घरधनीले बहालमा बस्नेलाई घरबाट हटाउन सक्ने व्यवस्था दफा ४०१ ले गरेको छ । यसरी मुलुकी देवानी संहिता २०७४ ले घर बहालका सम्बन्धमा व्यावहारिक रूपमा सहज हुने गरी छुट्टै र स्पष्ट कानूनी व्यवस्था गरेको छ ।   लेखक अधिवक्ता हुन् ।