गरिबी निवारणमा थपिएका चुनौती

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण विश्वभर फैलिएसँगै यसले स्वास्थ्य संकटका अतिरिक्त गम्भीर सामाजिक आर्थिक संकटहरू निम्त्याएको छ । विशेषगरी संक्रमण नियन्त्रणका लागि विभिन्न मुलुकले चालेका नियन्त्रणात्मक उपायहरूबाट आर्थिक क्रियाकलापहरू नराम्ररी प्रभावित भएका छन् । सन् २०२० मा विश्व अर्थतन्त्रले सन् १९३० यताकै सबैभन्दा ठूलो मन्दीको सामना गर्नुपर्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरिसकेको छ ।

सम्बन्धित सामग्री

कर्णालीको मुख्य दुस्मन गरिबी : मुख्यमन्त्री शर्मा

रुकुम पश्चिम– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए ।  ‘हामिले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, यो […]

गरिबी निवारणको नारा (पाठक विचार)

नेपालले गरीबी निवारणमा जति पहल गरेको छ त्यसअनुसार प्रतिफल छैन । मुलुक स्रोतमा धनी छ । तर, तिनको उपयोग हुन सकेको छैन । त्यही भएर गरीबी निवारणमा अपेक्षित सफलता हासिल हुन सकेको छैन । कोरोनाका कारण गरीबी थपिएको थियो । अहिलेको आर्थिक समस्याले झनै गरीबी थपेको अनुमान छ । नेपालका लागि गरीबी प्रमुख चुनौती भए पनि यसको निवारणमा काम कम कुरा बढी भएको पाइन्छ ।   नेपालमा राजनीतिज्ञ र कर्मचारीले काम नगर्ने, गरे पनि निजी स्वार्थ हेरेर गर्ने गरेका छन् । यही कारण विकासले गति लिन नसकेको हो । मर्यादा र नैतिकताको पालना हुने समाजमा कानून नै नचाहिने पनि हुन सक्छ । तर नेपालमा भने कानून भएर पनि लागू नभएको अवस्था छ । यसले नेपालको अवस्थालाई देखाउँछ ।  त्यसैले मुलुकमा राजनीति र प्रशासनमा दण्डहीनता हाबी भएको छ । गरिबी न्यूनीकरण र समृद्धि नारामात्रै बनेको छ । गरीबी निवारणभन्दा पनि गरीबीको पहिचान गर्न समस्या बढी देखिएको छ । नेपालका शुरूका आवधिक योजनाहरूले अप्रत्यक्ष रूपमा गरिबी न्यूनीकरणका कार्यक्रमहरू ल्याएको थियो । तर ती काम प्रभावकारी ढंगमा अघि बढेनन् । कसैले पनि जिम्मेवारी नलिँदा मुलुकमा अझै पनि १८.७ प्रतिशत जनता गरीबीको रेखामुनि रहेका छन् ।  निजामती सेवा लगायत अन्य सरकारी सेवाको आरक्षणमा पनि विपन्न वर्गले लाभ लिन सकेको छैन । लक्षित समुदायका सम्भ्रान्त वर्गले मात्र दोहोर्‍याई तेहेर्‍याई लाभ लिइरहेका छन् । गरीबी निवारणका लागि हामीले सधैं सपना मात्र देखेर हुँदैन, काम गर्नुपर्छ ।    मोहन तिम्सिना कोटेश्वर काठमाडौं ।

गरिबी निवारण लक्ष्य हासिल गर्न चुनौती

गरिबी निवारणको राष्ट्रिय लक्ष्य हासिल हुन चुनौतीपूर्ण रहेको देखिएको छ । खासगरी कोभिड–१९ महामारी र युक्रेन–रुस युद्धका कारण आर्थिक गतिविधि सङ्कुचन भएकाले त्यसको प्रभाव गरिबी निवारणमा परेको बताइएको छ । सरकारी तथ्याङ्कअनुसार अहिले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशत रहेको छ भने बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत रहेको छ । प्रतिव्यक्ति आय एक हजार चार सय अमेरिकी डलर रहेको छ ।

गठबन्धन गरिबी हटाउने ठूलो अवसर र चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन् ।           वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र नं २ को चुनावी प्रशिक्षणमा कार्यक्रममा उनले अहिले ब...

गरिबीको चिरफार र उपचार

नेपाल सरकारका सचिवसमेत रहेका र सरकारी सेवामा तीन दशक बिताएका विद्यानाथ नेपालले सेवानिवृत्त भएपछि झन् बढी महत्त्वपूर्ण काम गरेका छन्। उनले नेपालको विकास र समृद्धिको सपना साकार पार्ने दिशामा सधैं चुनौती रहेको गरिबी निवारणका विषयमा एक गतिलो पुस्तक लेखेका छन्...

सहकारी क्षेत्रका सम्भावना र चुनौती

जुलाई २ (असार १८ गते) अन्तर्राष्ट्रिय सहकारी दिवस, हाम्रो मुलुकमा सहकारी अवधारणा पुरानै हो । हाम्रो अर्थतन्त्र कृषिमा आधारित छ । कृषिक्षेत्रमा सहकारीको भूमिका बढी छ । मुलुकको गरिबी न्यूनीकरण अभियानमा यसको टेवा सेवा राम्रो हुनुपर्छ । सरकार पुग्न नसकेको वा निजी क्षेत्र एक्लैको पहुँच कम भएका क्षेत्रमा सहकारीको उपस्थिति बेजोड नै हुने गर्छ । […]

एमसीसीबारे छरिएका भ्रम र चुनौती

केही समय यता अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) द्वारा नेपालको आर्थिक विकासको गतिलाई टेवा दिई पूर्वाधार विकास योजनालार्ई मूर्त रूप दिन एवं गरिबी निवारण हुन सकोस् भनी अनुदान सहयोग प्रदान गर्न भनी नेपाल सरकार र अमेरिकी सरकारकाबीच संझौता भएको थियो । सेप्टेम्बर २०१७ मा भएको सम्झौताका सम्बन्धमा ठूलो चर्चा परिचर्चा भएर, गिजोलिएर अहिले तनावको स्थितिमा पुगेको छ ।यदि समयमा नै यस विवादलाई सही तरिकाबाट सम्वोधन गरिएन भने यसले नेपालको आर्थिक अनुदान सहयोगसम्बन्धि र कुटनैतिक  सम्बन

प्राकृतिक प्रकोप एक साझा चुनौती

विनाश लीलाले आजका भौतिकवादीहरूलाई आफ्नो साइजमा रहन गतिलो पाठ भने सिकाएको छ।मानिसले मानिसमाथि अपराध गर्दा दण्डसजाय भए जस्तै प्रावधान हुनुपर्दछ। त्यस्तै प्रावधान मानिसद्वारा प्रकृतिमाथि हुने सामुहिक बलात्कार सम्बन्धमा कठोर दण्डसजाय खोई ? हाम्रा साझा घर भ...

राजनीतिक दल एकअर्काका शत्रु होइनौं : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन् । कोभिड १९ लोकतन्त्रको चुनौती रहेको उनले बताए ।‘गरिबी र बेरोजगारी जस्ता चुनौती पनि छन्,’ उनले भने,‘ हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एकअर्काका शत्रु होइनौं ।’