काठमाडौं : टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलालीका सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइँदैछ। जिल्ला कारागारमा अनशनरत चौधरी विरामी भएपछि थप उपचारका लागि काठमाडौंमा ल्याउन लागिएको हो।
बुद्ध एयरको विमानबाट काठमाडौं पठाउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सागर बोहोराले पहिलोपोस्टलाई जानकारी दिए।
एक साताअघिदेखि चौधरी हिरासतभित्रै आमरण अनशनमा थिए।