बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ ।
आफन्त र मान्यजनबाट टीका, जमरा ग्रहण आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको छ ।
घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ ।
योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।
कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रह...