दसैँ भित्रिएसँगै गाउँघर रमाइलो बनेको छ । परदेशिएकाहरु दसैँ मनाउन घर फर्कने क्रम जारी छ । दसैँमा आफन्तको हातबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने गरिन्छ भने दसैँलाई सामाजिक सद्भाव र मेलमिलापको पर्वका रुपमा पनि मनाइन्छ । दसैँलाई लक्षित गर्दै कर्णालीका सांसदहरुले पनि राजधानी छाड्ने क्रम सुरु भएको छ । त्यसो त, कर्णालीका सांसदहरु फुर्सदिला नै थिए । कोही सांसद गृहजिल्लामै पार्टीका कार्यक्रमहरुमा सरिक हुने गरेका थिए भने प्रदेश राजधानीमा रहेका सांसदहरु पनि संसद अधिवेशन नभएका कारण फुर्सदिला नै