काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख १३ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड तीन लाख भन्दा धेरै भएको हो ।
विश्वका धेरैजसाे ठाउँमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा तीन करोड ४४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने दोस्रोमा रहेको भारतमा तीन करोड ८२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १६ करोड ५० लाख ६० हजार भन्दा धेरै निको भएका छन् । य...