विनियोजन विधेयक, २०७९ का सिद्धान्त र प्राथमिकतामाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । अहिले अर्थतन्त्रमा देखिएको समस्या कोभिड महामारीको प्रभाव, बेमौसमी वर्षाले कृषि बालीमा पारेको क्षति र युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण सिर्जना भएको पनि उनको भनाइ छ ।