भारतबाट बिजुली नपाएपछि नेपालका उद्योगमा रातभर लोडसेडिङ

भारतीय बजारमै बिजुली अभाव भएपछि महँगो मूल्य तिर्दा पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली पाउन छोडेको छ । विद्युत् आपूर्तिकर्ता (सप्लायर) नै नभएपछि इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट महँगो मूल्यमा पनि बिजुली पाउन छोडेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित सामग्री

बुधबारबाट उद्योगमा घोषित लोडसेडिङ, बिजुली काट्नुअघि जानकारी दिइने

बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

बुधबारबाट उद्योगमा घोषित लोडसेडिङ, बिजुली काट्नुअघि जानकारी दिइने

बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

भारतमा लोडसेडिङ भएपछि नेपालमा कस्तो असर परिरहेको छ ?

काठमाडौं : ‍कोइलाका कारण भारतमै लोडसेडिङ हुन थालेपछि नेपालले पिक आवरमा बिजुली पाउन सकेको छैन। बिजुली नपाएपछि नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म लोडसेडिङ गर्न थालेको छ। प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट बिजुली नपाएका कारण उद्योगहरुमा राति बत्ती काटिएको बताए। 'अहिले उद्योगहरुमा राति ३/४ दिनदेखि…

प्रधानमन्त्रीको भारत भ्रमण : हट्ला बिजुली बजारको तगारो ?

१६ चैत, काठमाडौं । रुस-युक्रेन युद्धको प्रभावले कोइला अभाव चर्किंदा भारतमा भएको विद्युत अभावले नेपालमा विद्युत् संकट देखिएकै बेलामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जादैंछन् । ३८ रुपैयाँ खर्चिंदा पनि भारतबाट विद्युत् किन्न नपाएपछि गत आइतबारदेखि राति उद्योगमा फोर्स लोडसेडिङ थालेको अवस्थामा हुन लागेको प्रधानमन्त्री देउबाको भ्रमणमा उठाउनुपर्ने एजेन्डाबारे सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

प्रतियुनिट ३८ रुपैयाँमा पनि किन्न नपाएपछि उद्योगमा काट्न थालियो बिजुली

१४ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ । भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था आएको छ । बिजुली किन्दा बिड […]

कुलमानले भने 'महँगोमा विजुली किनेर भए पनि लोडसेडिङ हुन दिदैनौ'

नेपाल विद्युत प्राधिकारणले लोडसेडिङ नभएको र हुन पनि नदिने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले क्षणीक् समस्याको कारणले मात्र केहि दिन औद्योगिक क्षेत्रमा केहि बिजुली कटौती गरिएको भएपनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताए ।उनका अनुसार भारतमा बिजुलीको मूल्य बढेको कारण नेपालले कबुल गरेको मूल्यमा बिजुली खरिद गर्न पाएको थिएन । तर आजबाट भने प्रति युनिट ३८ रुपैयाँमा बिजुली आयात गर्ने तयारी भईरहेकोले आजबाट कहिँ कतै पनि विजुली कटौती नहुने बताए । अहिलेको समस्या विश्वभरको भए पनि यो समस्या छोटोसमयको लागि मात्र हुने उनले बताए ।  उनले प्राधिकरणले महँगोमा खरिद गरेर भए पनि लोडसेडिङ हुन नदिने प्रतिवद्दता जनाए । उनले भने 'लोडसेडिङ भएको छैन , हुदैन र हुन पनि दिदैनौ' ।  प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ । यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए ।उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए ।भारतले मुख्यत  कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो ।  जसका कारण  बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला  उद्योगमा बिजुली नियमित थिएँन ।  आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

विद्युत प्राधिकरणले आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने

नेपाल विद्युत प्राधिकारण आजबाट प्रति युनिट ३८ रुपैयाँमा विजुली आयात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकारणका प्रवक्ता तथा प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले आज राति १२:१५ बजेदेखि प्रति युनिट ३८ रुपियाँमा विजुली खरिद गरिने बताए । उनका अनुसार ७ हजार मेगावाट आवर बिजुली आयात गरिने छ ।यो मूल्यमा भने प्राधिकरणले विद्युत पाउने अपेक्षा गरिएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने बताए । उनले केहि दिन भारतमा विजुलीको मूल्य बढेकोले प्राधिकरणले कबुल गरेको मूल्यमा विजुली नपाउंदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । उनका अनुसार विगत केहि दिनमा ८ रुपैयाँमा कबुल गर्दा १२ रुपियाँ मूल्य पुगेको र नेपालले १२ रुपैयाँ मूल्य कबुल गर्दा १५.२७ रुपैयाँ भारुमा कारोबार भएर नेपालले बत्ति नपाएको र औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नु परेको बताए । आजबाट भने नियमित बिजुली आउने र कतै पनि विजुली अभाव नहुने प्रवक्ता भट्टराईले बताए । भारतले मुख्यत कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो । भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको थियो । जसका कारण बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला उद्योगमा बिजुली नियमित थिएँन । आजबाट भने समस्या नआउने प्राधिकरणको भनाई छ ।

भारतबाट बिजुली नआउँदा नेपालका केहि स्थानमा लोडसेडिङ

भारतबाट बिजुली नआउँदा नेपालका केहि स्थानमा लोडसेडिङ सुरु भएको छ । भारतीय बिजुली महंगो भएको भन्दै नेपालले भारतबाट बिजुली खरिद नगरेपछि नेपालमा विद्युत आपूर्ति सन्तुलन बिग्रिएको हो ।नेपालले भारतसँग इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत् प्रतिस्पर्धाको आधारमा मूल्य बिड गरेर बिजुली खरिद गर्दै आएको थियो । तर मंगलबार राति भारतको बिजुलीको दर महँगो भएको र नेपालले कबुल गरेको भन्दा बढी मूल्य अरुले नै कबुल गरेको कारण नेपालले बिजुली किन्न नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार यस अघि नेपालले भारु ८/९ रुपैयाँमा बिडिङ गरेर बिजुली किनिरहेको थियो । तर अहिले बिजुलीको औसत मूल्य प्रति युनिट भारु ११ रुपैयाँ २२ पैसासम्म पुगेको र नेपालले बुधबार दिनभरिको लागि बिड गरेको मूल्यमा  बिजुली नपाएको उनले बताए। उनका अनुसार इन्डियन इनर्जी एक्सचेन्जमा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनमा ९६ वटा फरक–फरक मूल्यमा प्रतिस्पर्धा गर्नुपर्छ । उच्चतम मूल्य भने भारु २० रुपैयाँ अर्थात् नेपाली ३२ रुपैयाँसम्म पुगेको छ ।  भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको छ । आलोपालो गरेर विजुली दिईएको प्राधिकरणले जनाएको छ । जसका कारण  बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला  उद्योगमा बिजुली नियमित छैन ।  भारतले मुख्यत  कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो ।