काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो चौबिस घण्टामा देशका २१ स्थानमा ठूला आगलागीको घटना भएको जनाएको छ। ती घटना बिहीबार बिहान १० बजेदेखि शुक्रबार बिहान १० बजेसम्म भएका हुन्। आगलागीबाट ३ करोड ८६ लाख ३८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ। यो वर्ष सुरु भएपछि आगलागीले २१ करोडभन्दा बढीको क्षति गरेको छ।