काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम सकिएको छ ।
काठमाण्डौकाे प्रज्ञा भवन कमलादीमा चलिरहेको बन्द सत्रमा आज बिहीवार थप १४ वटा समूहका टोली नेताले समूहगत निष्कर्ष र सुझाव दिएका हुन् । उनीहरूले उठाएका प्रश्नको जवाफ भोलि शुक्रवार अध्यक्ष प्रचण्डले दिने माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ । आजै नेतृ...